विराटनगर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए ल्याउने विद्यार्थीहरूको प्रमुख रोजाइको कलेज बनेको छ —विराटनगरस्थित मेरिल्याण्ड कलेज। व्यवस्थापन शिक्षामा विगत २३ वर्षदेखि अब्बल मानिँदै आएको मेरिल्याण्ड कलेजले यसै शैक्षिक सत्रदेखि विज्ञान संकाय सञ्चालनमा ल्याएसँगै यस कलेजप्रति विद्यार्थीहरूको आकर्षण झनै बढेको हो।
विराटनगर–७ मा अवस्थित मेरिल्याण्ड कलेजमा यसपटक उत्कृष्ट अंक प्राप्त गरेका विद्यार्थीहरू साइन्स संकाय अध्ययनका लागि भर्ना हुन थालेका छन्। त्यसमध्ये विराटनगरको भिकेभीएम स्कुलका मौलिक ढकाल र जेम्स इन्टरनेशनल स्कुलकी सृजा पोखरेलले मेरिल्याण्डमै विज्ञान संकायमा अध्ययन गर्ने निर्णय गरेका छन्।
उक्त छात्र–छात्रालाई भर्ना स्वागत गर्दै कलेजका डाइरेक्टर भेषराज पोखरेलले आफूहरू निकै उत्साहित भएको प्रतिक्रिया दिए । “देशका जेनेर प्रतिभाशाली विद्यार्थीहरूले मेरिल्याण्ड रोज्नु हाम्रो लागि गर्वको कुरा हो,’ उनले भने । अर्का डाइरेक्टर प्रदीप भगतले मेरिल्याण्डको प्रतिष्ठा र शिक्षाको गुणस्तरप्रति विद्यार्थीहरूको भरोसा झल्किएको बताउँदै, “यसले हामीमाथि अझ थप उत्तरदायित्व बढाएको छ,” भने ।
कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले मेरिल्याण्ड कलेजमा रहेको अत्याधुनिक प्रयोगशाला (ल्याब), उच्च नतिजा दिने शैक्षिक प्रणाली र उत्कृष्ट पूर्वाधार नै विद्यार्थीहरूको पहिलो रोजाइ बन्ने प्रमुख कारण भएको स्पष्ट पारे । उनका अनुसार विज्ञान संकायको सुरुवातसँगै भविष्यमा मेडिकल, इन्जिनियरिङ, बायोटेक्नोलोजी जस्ता क्षेत्रको तयारी पनि सँगसँगै गरिनेछ।
साइन्स डाइरेक्टर शिवनारायण यादवका अनुसार मेरिल्याण्ड कलेजले काठमाडौँको प्रख्यात तयारी संस्थासँग सहकार्यमा मेडिकल र इन्जिनियरिङ प्रवेश परीक्षाको तयारी कक्षा सञ्चालन गर्न लागेको छ। ‘कलेजको क्युरिकुलम मात्रै होइन, प्रतिस्पर्धात्मक तयारी पनि एकैसाथ हुने भएकाले विद्यार्थीको भविष्य सुनिश्चित हुने विश्वास हामीले लिएका छौँ,” उनले भने ।
कलेजको नाम, प्रतिष्ठा र अघिल्लो वर्षहरूमा देखिएको उत्कृष्ट शिक्षण शैलीका कारण हरेक वर्ष विद्यार्थी तथा अभिभावकमाझ यस कलेजको लोकप्रियता बढ्दो छ। व्यवस्थापन शिक्षामा लिएको अनुभव, व्यवस्थापनको दक्षता, अनुभवी शिक्षकहरू र विद्यार्थी केन्द्रित वातावरणको कारण मेरिल्याण्ड कलेजले लगातार सफलता हासिल गर्दै आएको छ।
विगतमा व्यवस्थापन मात्र सञ्चालित रहेको कलेजले अबदेखि विज्ञान संकाय पनि थपिएसँगै शैक्षिक क्षेत्रको बहुआयामिक विस्तारमा पाइला चालेको छ। यसले विद्यार्थीहरूलाई विराटनगरमै बसेर गुणस्तरीय विज्ञान शिक्षा हासिल गर्न नयाँ अवसर सिर्जना गरेको छ।
एसइइमा उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीहरूले मेरिल्याण्ड रोज्नु कलेजको शिक्षात्मक र संस्थागत साखको परिचायक हो। अब आउने दिनमा मेरिल्याण्डले विज्ञान र व्यवस्थापन दुबै क्षेत्रलाई समान रूपमा मजबुत बनाउँदै विद्यार्थीहरूको भविष्य उज्यालो बनाउन थप योगदान दिने अपेक्षा गरिएको छ।
Source: https://newsbirat.com/2025/06/28/87160/
© 2020. All Rights Reserved. Merryland College, Biratnagar. | Design and develop by InDesign Media Pvt Ltd