विराटनगर । व्यवस्थापन शिक्षामा अब्बा सावित भएको विरानगर –७ स्थित मेरिल्याण्ड कलेजमा हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । कलेज परिसर भित्र आइतबार हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको हो ।
कक्षा ११, १२ र विविएसका यस अघि नै कक्षागत विजय भएर फाइनलमा पुगेका विद्यार्थीहरुविच भएको प्रतियोगिता भएको थियो । उक्त प्रतियोगितामा कक्षा – ११ जाइ सेक्सन. प्रथम, सिरिस सेक्सन द्वितिय र सुनाखरी सेक्सनले तृतिय भएको छ ।
विजयी विद्यार्थीहरुलाई अविर तथा माला लगाएर सम्मान गरिएको थियो । प्रथम द्वितिय र तृतिय विजयी विद्यार्थीहरुलाई मेरिल्याण्डको वार्षिक उत्सवमा पुरस्कृत गरिने मेरिल्याण्ड कलेजका प्रिन्सीपल लक्ष्मण ढकालले बताए । मेरिल्याण्ड कलेजमा पठन पाठन बाहेक विद्यार्थीहरुलाई अतिरिक्त कृयाकलाप पनि गराउँदै आएको प्रिन्सीपल ढकालले बताए ।
यसअघि तीन दर्जन प्रतिस्पर्धीहरूलाई पछि पार्दै मेरील्याण्ड कलेजकी कक्षा १२ मा अध्ययरत कृष्टिना निरौला प्रथम भएकी थिइन् । ‘अनुभवी नेतृत्व कि युवा नेतृत्व’ विषयक वादविवाद प्रतियोगितामा उनी प्रथम भएकी हुन् ।
मेरिल्याण्ड कलेजकी छात्रा दीया अग्रवालले २०७८ सालको कक्षा १२ को बार्षिक परीक्षामा नेपालमै सर्बाधिक ३.९६ जिपिए ल्याई
नेपाल प्रथम भएकी थिइन् । त्यस्तै विविएस तहमा पनि मेरिल्याण्ड पटक – पटक विभिन्न तहमा नपाल प्रथम हुदै आएको छ । मेरिल्याण्ड कलेज देशकै कलेजहरुमध्येबाट सधै टपटेनमा पर्ने व्यवस्थपन सङ्काय मात्र पढाइ हुने एक अग्रणी शैक्षिक संस्था मानिन्छ ।
© 2020. All Rights Reserved. Merryland College, Biratnagar. | Design and develop by InDesign Media Pvt Ltd