प्रदेश स्तरीय निबन्ध प्रतियोगितामा मेरिल्याण्ड कलेजका रजनीश न्यौपाने प्रथम, ३० हजार पुरस्कार पाए

प्रदेश स्तरीय निबन्ध प्रतियोगितामा मेरिल्याण्ड कलेजका रजनीश न्यौपाने प्रथम, ३० हजार पुरस्कार पाए

विराटनगरको रंगेली रोडमा अवस्थित मेरिल्याण्ड कलेजका विद्यार्थी रजनीश न्यौपानेले प्रदेश स्तरीय निबन्ध प्रतियोगितामा प्रथम स्थान हासिल गरेका छन् ।

नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय विराटनगरद्वारा आयोजित प्रदेश स्तरीय निबन्ध प्रतियोगितामा न्यौपानेले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान प्राप्त गरेका हुन् ।

उनी मेरिल्याण्ड कलेजमा बीबीएस दोस्रो वर्षमा अध्ययनरत छन् । प्रतियोगितामा प्रथम भएबापत उनले नगद ३० हजार रुपैयाँ पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका छन् ।

आफ्ना विद्यार्थीले प्रदेश स्तरीय प्रतिस्पर्धामा उत्कृष्ट नतिजा ल्याएपछि मेरिल्याण्ड कलेज परिवारले खुसी व्यक्त गरेको छ । कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले रजनीशको यो सफलताले कलेज परिवारलाई गौरवान्वित बनाएको बताउँदै उनलाई हार्दिक बधाई तथा भविष्यमा अझै प्रगतिको शुभकामना व्यक्त गरे ।

विराटनगरमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको मेरिल्याण्ड कलेजका विद्यार्थीहरुले शैक्षिक गतिविधिका अतिरिक्त अन्य अतिरिक्त क्रियाकलापमा पनि निरन्तर सफलता प्राप्त गर्दै आएका छन् ।

Recent News & Updates