मेरील्याण्ड कलेजमा हाजिरजवाफ, निलकमल सेक्सन विजयी

मेरील्याण्ड कलेजमा हाजिरजवाफ, निलकमल सेक्सन विजयी

विराटनगर / विराटनगर–रंगेली सडकस्थित मेरील्याण्ड कलेजले आइतबार कक्षा १२ का विद्यार्थीबीच हाजिर जवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।

कडा प्रतिस्पर्धामध्ये निलकमल सेक्सनले बाजी मारी प्रथम स्थान हासिल गरेको हो । विजयी टिममा हर्ष सिंह, स्यामसुन्दर मेहता, सम्भव भट्टराई र आराम गौतम रहेका थिए ।

यसैगरी कुसुम सेक्सनले द्वितीय स्थानमा चित्त बुझाउनुपरेको छ भने सूर्युमुखी सेक्सन तृतीय घोषित भएको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले जानकारी दिए ।

प्रतियोगितामा कक्षा १२ का १० वटा समूह सहभागी भएका थिए। प्रिन्सिपल ढकालका अनुसार यसलाई निरन्तरता दिँदै कलेजले कक्षा ११ का विद्यार्थीका लागि मंसिरमा हाजिर जवाफ प्रतियोगिता आयोजना गर्नेछ । सो प्रतियोगिताबाट छनोट भएका टिम र हाल विजयी बनेका टिमबीचको फाइनल प्रतिस्पर्धा आगामी पुसमा हुने कार्यक्रम रहेको छ ।

Recent News & Updates
Downloads - Merryland College, Biratnagar