मेरिल्याण्ड कलेजमा हाजिरी जवाफ प्रतियोगीता

मेरिल्याण्ड कलेजमा हाजिरी जवाफ प्रतियोगीता

विराटनगर र विराटनगर– ७ स्थीत मेरिल्याण्ड कलेजले आज कक्षा – १२ का विद्यार्थीहरुको लागि हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन मेरिल्याण्ड कलेजका अध्यक्ष गुणराज ढुङ्गेलले पहिलो प्रश्न सोधी गरेका थिए । हाजिरी जवाफ प्रतियोगितामा कक्षा १२ का नौ वटा टीमको सहभागीता रहेको थियो । मखमली सेक्सन प्रथम , निलकमल सेक्सन द्वितीय र लालुपाते सेक्सन तृतिय भएका थिए । विजयी प्रतियोगीहरुले कक्षा ११ को हाजिरी जवाफ प्रतियोगिताको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् । कार्यक्रममा नवजीत प्रधान, दिपेश भगत, पि। के। झा, गणेश दाहाललगायतले हाजिरी जवाफ प्रतियोगिताको मास्टरको भूमिका निर्वाह गरे । मेरिल्याण्ड कलेजले २०६९ सालको वार्षिक शैक्षिक क्यालेण्डर अनुसार नै विद्यार्थीको चौतर्फी विकासका लागि विभिन्न अतिरिक्त कृयाकलाप गराउँने गरेको प्रिन्सीपल लक्ष्मण ढकाल बताए । स्मरण रहोस् मेरिल्याण्ड ब्यबस्थापन शिक्षामा देशभरिमै टप टेन पर्ने शैक्षिक संस्थामा पर्छ ।

Source : https://livenewsraftar.com/