मेरिल्याण्डमा ह्याण्डराइटिङ्ग प्रतियोगिता

मेरिल्याण्डमा ह्याण्डराइटिङ्ग प्रतियोगिता

मेरिल्याण्ड कलेजले शुक्रबार ह्याण्डराइटिङ्ग प्रतियोगिता सम्पन्न गरेको छ । कक्षा– ११ र १२ का विद्यार्थीहरुविच प्रतियोगिता आयोजना गरिएको हो । विद्यार्थीहरुलाई उनिहरुभित्र रहेको कलाको प्रस्फुटन गर्नका लागि प्रतियोगिता आयोजना गरिएको कलेजका डाइरेक्टर प्रदीप भगतले बताए ।

मेरिल्याण्ड कलेजको वार्षिक क्यालेण्डर अन्तरगत नै अरु अतिरिक्त क्रियाकलाप जस्तै उक्त प्रतियोगिता आयोजना गरिएको कलेजका प्रिन्सीपल लक्ष्मण ढकाल बताउँछन् । उनि भन्छन, विद्यार्थीहरुमा धेरै अन्तरनिहित कलाहरु लुकेर बसेका हुन्छन् र त्यो कलालाई बाहिर ल्याउन कलेजले वर्षभरि विभिन्न प्रतियोगिता आयोजना गर्ने गरेको ढकाल बताउँछन् ।

प्रतियोगिता अंगे्रजी र नेपाली दुबै माध्ययममा आयोजना गरिएको थियो । प्रतियोगितामा नेपालीतर्फ सुवेक्षा बिस्ट प्रथम, भावना लखोटिया द्वितिय, प्रज्ञा कटुवाल तृतिय र ज्योती शाह र प्रशान्त कुमार यादवले चौथो स्थान प्राप्त गरेका थिए ।

त्यस्तै अंग्रेजीतर्फ प्रतिभा शाह प्रथम, विभुती खनाल द्वितिय, दीया लड्डा तृतिय र गिरिस गोल्छा र सिम्रन पोद्दार चौथो स्थान हाँसिल गर्न सफल भएका छन् । प्रतियोगितामा नेपालीतर्फको निर्णायक मनिष पोखरेल सर र अंग्रेजीतर्फको दीपेश भगत सरले गर्नुभएको थियो ।

Source: https://www.chirfar.com/5893.html

Recent News & Updates