मेरिल्याण्डमा निवन्ध प्रतियोगिता, मनस्वी र नन्दनी प्रथम

मेरिल्याण्डमा निवन्ध प्रतियोगिता, मनस्वी र नन्दनी प्रथम

विराटनगर । विराटनगर–७ स्थित मेरिल्याण्ड कलेजले सोमबार निवन्ध प्रतियोगिता सम्पन्न गरेको छ । कक्षा– ११ र १२ का विद्यार्थीहरुविच उक्त प्रतियोगिता आयोजना गरिएको हो ।

विद्यार्थीहरुलाई उनिहरुभित्र भएको कलाको प्रस्फुटन गर्नका लागि उक्त प्रतियोगिता आयोजना गरिएको कुरा कलेजका डाइरेक्टर भेषराज पोखरेलले बताए । मेरिल्याण्ड कलेजको वार्षिक क्यालेण्डर अन्तरगत नै अरु अतिरिक्त क्रियाकलाप जस्तै उक्त प्रतियोगिता आयोजना गरिएको कलेजका प्रिन्सीपल लक्ष्मण ढकालले बताए । ‘विद्यार्थीहरुमा धेरै अन्तरनिहित कलाहरु लुकेर बसेका हुन्छन् र त्यो कलालाई बाहिर ल्याउन कलेजले वर्षभरि विभिन्न प्रतियोगिता आयोजना गरिदै आएको छ,’ उनले भने ।
प्रतियोगिता अंगे्रजी र नेपाली दुबै माध्ययममा आयोजना गरिएको थियो । प्रतियोगितामा नेपालीतर्फ मनस्वी अधिकारी प्रथम, प्रशान्त कुमार यादव द्वितिय, प्रज्ञा कटुवाल तृतिय र अनुज कुमार दासले चौथो स्थान प्राप्त गरेका थिए । त्यस्तै अंग्रेजीतर्फ नन्दनी चौरडिया प्रथम, निधि झा द्वितिय, कृष भगत तृतिय र दिलसा राजवंशी चौथो स्थान हाँसिल गर्न सफल भएका छन् ।
प्रतियोगितामा नेपालीतर्फको निर्णायक मनिष पोखरेल र अंग्रेजीतर्फको दीपेश भगतले रहेका थिए । यस अघि यसै महिना कलेजले ह्याण्डराइटिङ्ग, स्पीच, तथा हाजीरी जवाफ प्रतियोगिता सम्पन्न गरिसकेको छ ।

Source: https://newsbirat.com/2024/12/03/84177/

Recent News & Updates